गफाडी राष्ट्रिय समिति
गफ गरौं, हाँसौं, सिकौं, साथीपन बढाऔं
गफ गरौं, हाँसौं, सिकौं, साथीपन बढाऔं
सिर्जनात्मक, मनोरञ्जनात्मक र उत्पादक गफलाई प्रोत्साहन गर्ने, हास्यव्यङ्ग्य मार्फत सामाजिक सद्भाव कायम गर्ने गफाडी राष्ट्रिय समिति स्वागत गर्दछ।
नियमावली २०८३ लागू“गफ सम्मेलन, चिया पसल डिप्लोमेसी”
स्वस्थ हास्य, कविता, मिम र रचनात्मक छलफल मार्फत मानसिक ताजगी प्रदान गर्ने।
बिना प्रमाण ठूलो दाबी नगर्ने संस्कृति र व्यक्तिगत आक्रमणलाई निरुत्साहित गर्दै साथीपन बढाउने ।
साप्ताहिक चिया बैठक, रात्रीकालीन गफ महोत्सव, पिकनिक, ट्रिप तथा मिम प्रतियोगिता आयोजना ।
अध्यक्ष (प्रमुख गफ संरक्षक)
सचिव (गफ अभिलेख तथा मिनेट)
कोषाध्यक्ष (उधारो प्रबन्धक)
सदस्य (प्रशिक्षण प्रमुख)
सदस्य (मिम तथा मिडिया)
सदस्य (यात्रा संयोजक)
अनुसूची–२ अनुसार निर्वाचित, सबै पदाधिकारी स्वस्थ गफ अभियानमा समर्पित ।
योग्यता: कम्तीमा ३० मिनेट लगातार रोचक गफ , हास्यबोध र चिया बिल तिर्ने वचन ।
मासिक चन्दा रु. ० जम्मा गरी फाराम भर्नुहोस्। आवेदन समिति कार्यालय वा अनलाइन पेस गर्न सकिनेछ ।
समितिको आदर्श वाक्य : “गफ गरौं, हाँसौं, सिकौं र साथीपन बढाऔं।”
हरेक वर्ष सर्वाधिक सिर्जनशील, सहयोगी र मनोरञ्जनात्मक गफाडीलाई नगद र प्रमाणपत्र सहित सम्मानित गरिनेछ ।
व्यक्तिगत ट्रोल नगरी सकारात्मक गफको संरक्षण, “स्क्रिनसट लिक निषेध” नीति अनिवार्य ।
हरेक महिना “टप गफ अवार्ड” र हप्तौंमा कविता साँझ । सबै कार्यक्रम अनुसूची ५ अनुसार सञ्चालित ।
कार्यालय: काठमाडौं, पार्क रिसोर्ट, चिया पसल सोसाइटी
फोन: ९८५-१२३४५६७ (सचिवालय)
इमेल: [email protected]
फेसबुक: @gafadinationalcommittee
✅ हप्ताको १ पटक (शुक्रबार) दिउँसो ३:०० बजे – अनिवार्य चिया सत्र ।
✅ विशेष चिया गफ बैठक – आपतकालीन रूपमा सचिवको सूचनामा ।
“बिना गफ मुक्त क्षेत्र छैन” – गफाडी राष्ट्रिय समिति ।